सप्तरी – श्रीमान बैदेशिक रोजगारमा गएको मोका छोप्दै नाताले देबर पर्ने ब्यक्तीले बलत्कारको प्रयास गरेको एक महिलाले आरोप लगाएकी छिन ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ रम्पुरा कि २८ बर्षिया राजकुमारी यादबले यस्तो आरोप लगाएकी हुन ।सोमवार राजबिराजमा पत्रकार सम्मेलन गर्दै, नाताले देबर पर्ने सोही वडा निवासी ३५ बर्षिय सुर्य नारायण यादवले शनिवार रातीको समयमा आफुलाई बलत्कार प्रयास गरेको उनले बताएकी छिन ।यस बारे जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी समेत दिईसकेको बताउदै उनले आरोपी गाउकै एक जनप्रतिनिधिको छोरा रहेको सुनाईन ।
आरोपी छोरा जोगाउन जनप्रतिनिधि समेत रहेका बाबू लागि परेको र अहिलेसम्म पक्राउ नगरिएकाले न्यायका लागि संचारकर्मि गुहारेको उनको भनाई छ ।राती खाना खाएर सुतिरहेका बेला एक्कासी ठोका फोडेर भित्र छिरेका यादबले लछारपछार गर्दै जवर्जस्ती करणी गर्न खोजेको उनले सुनाईन ।सो क्रममा आफुले लगाएको लुगा च्याती नांगै बनाएको र चिच्याउन थालेपछि अर्काे कोठामा सुतेका सासु ससुराका साथै छिमेकीहरू व्युझिएपछि उनी भागेको राजकुमारीको भनाई छ ।
पत्रकार सम्मेलनमा उपस्थित पिडित महिलाका बुबा शिवनारायणले छोरी सासू ससुराबाट समेत असुरक्षित रहेको भन्दै घरमा सुरक्षित साथ बस्ने बातावरणका लागि सहयोग गरि दिन आग्रह गरे ।यता आरोपित सुर्य नारायण यादबले भाउजू राजकुमारीले लगाएको आरोप बिलकुलै निराधार र आफनो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेका छन । उनले आरोप झुटा रहेको दाबी गर्दै प्रमाणित भए, जुनसुकै सजाय भोग्न तयार रहेको बताए । ‘झगडालु मिजासका भाउजुको आफनै घरमा दिनहु सासू ससुरासँग झै झगडा हुने गरेको छ,’ सुर्य नारायणले भने ‘पंचायती गर्दा गर्दा हैरान छु ।’
भाउजुको अनुकुल पंचायती नहुदाँ रिसले आगो भएकी उनले यस्तो तल्लो स्तरको आरोप लगाएको सुर्य नारायणले दाबी गरेका छन । डिएसपी माधव प्रसाद काफ्लेले पिडित महिलाको उजुरीको आधारमा आबश्यक अनुसन्धान गर्न त्यस तर्फ एक टोली खटाईसकिएको बताएका छन ।‘घटनाबारे दुबै पक्षको दाबी र सत्य तथ्य छानबिन भईरहेको छ,’ उनले भने ‘दोषी जो सुकै भएपनि कानुन अनुसार कार्यवाही हुन्छ ।’