०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ १६, २०७८

विराटनगर – मोरङको बेलबारीबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित चारजनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा बेलबारी–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र २५ वर्षीय सुजन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूको साथबाट डाइजेल्याब, फेनारगन, एभिल र लुपिजेसिक गरेर ६८ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिए ।

पक्राउ परेकाहरूले प्रयोग गरेको को१७प ४७२ र को३०प ५६१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका चारै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज (बुधबार) म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]