३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ १६, २०७८

काठमाडौं – भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायत किर्ते कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा ४ जना सोमबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा लमजुङ शुन्दरबजार नगरपालिका ३ बस्ने कमल बाबु पुरी भन्ने ३३ वर्षीय कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका २ बस्ने ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका ८ बस्ने २४ वर्षीय अरूण खडका र काठमाडौं शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका ७ वतन भएका ४१ वर्षीय रेवती रमण निरौला रहेका छन् ।भन्सार छलि काठमाडौं भित्र्याईएका चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ७ गोपीकृष्ण हल नजिकबाट ग.३ च १४६२ नम्बर प्लेट भएको हुण्डाई कम्पनीको क्रेटा कार सहित कमल बाबुलाई पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानको क्रममा अर्को क्रेटा गाडी समेत अरुण र मधुको समूहले बिक्री गर्न राखेको खुल्न आएपछि प्रदेश ३–०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कारसहित सूर्यबिनायक नगरपालिका ६ गणेश मन्दिर नजिकबाट उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा रहेको पाइएपछि सोधपुछ गर्नेक्रममा रेवतीले ब्लूबुक बनाईदिने गरेको भन्ने खुल्न आएपछि उनलाई पशुपती मन्दिर परिसर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट बिभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ । उक्त गाडीहरूको प्रचलित बजार मूल्य प्रति कार ७० लाखका दरले १ करोड ४० लाख पर्नेमा उनीहरूले ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको बताएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]