रौतहट – रौतहटबाट करिब ३ लाख बराबरको अवैध लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ ।
जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा बागमती पारी प्रहरी बल र बोर्डर आउट पोष्ट लक्ष्मिपुर बेलविछवाबाट खटिएको पैदल टोलीले आज बिहान करिब १०ः१५ बजेतिर १ सय १६ कार्टुन सोफी मदिरा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले जनाएका हुन् ।अवैधरुपमा नेपालबाट भारततर्फ टाएरडाडामा राखी लैजादैँ गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि, लागूऔषध छाडी तस्करहरु फरार भएका थिए । तस्कर भागेपछि, उक्त लागूऔषधसहित टाएरडाडालाई पनि नियन्त्रणमा लिएको ओलीले बताए।
बरामद गरिएको सोफी मदिराको मूल्य करिब २ लाख ९५ हजार ७ सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद भएको उक्त सोफी मदिरासहित टाएरडाडालाई आवश्य कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइर्एको छ ।