०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – नेपालकै पहिलो नागढुंगा–नौंबिसे सुरुङमार्ग निर्माणमा जग्गा अधिग्रहणको विवाद देखिएको छ । कुल २२ अर्ब रुपैयाँ लागतमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी अघि बढेको उक्त सुरुङमार्गको नौबिसे (धादिङ) तर्फको करिब ५ रोपनी जग्गा अधिग्रहणमा समस्या देखिएको हो ।

पृथ्वी राजमार्ग अन्तरगतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने सरकारी जग्गासमेत व्यक्तिले दावी गरेपछि अहिले उक्त क्षेत्र विवादित बनेको छ । बिना पुर्जाका करिब ४–५ रोपनी जग्गा आयोजनाले चर्चेको क्षेत्रभित्र परेको र सो जग्गाको समेत मुआब्जा माग भएपछि अहिले आयोजनामा समस्या आएको नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले रातोपाटीलाई बताए । ‘नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण क्षेत्रभित्र पर्ने करिब ६ सय ४३ रोपनी जग्गाको अधिग्रहणको अब हामी करिब अन्तिम अन्तिम चरणमा छौं । झण्डै ८० प्रतिशत जग्गा अधिग्रहण भइसकेको छ’, उनले भने, ‘अब करिब करिब २० प्रतिशत जति मात्र हो । यसमा ४–५ रोपनीमा भने केही समस्या देखिएको छ ।’

आयोजना प्रमुख शाक्यले थपे, ‘यो पनि अधिग्रहण भइसक्थ्यो । तर सरकारी कि निजी भन्ने विवादका कारण यसको अहिलेसम्म अधिग्रहण हुन सकिरहेको छैन । विवादित जग्गामा दाबी गर्ने ४–५ जना स्थानीयहरु मध्य १ जनाको मात्र जग्गा धनी प्रमाणपत्र (पुर्जा) भेटिएको छ । बाँकीको छैन । अहिले सो विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । अब हामीले कुर्ने भनेको अख्तियारको निर्णय नै हो,’ शाक्यले भने ।त्यसो त आयोजनाले जग्गा अधिग्रहण बापत मात्र साढे ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

‘नागढुंगा–नौबिसे सुरुङमार्गको जग्गा अधिग्रहणमा अनौंठो खालको समस्या देखिएकोछ । सो आयोजनाले चर्चेको क्षेत्रभित्र पर्ने जग्गाको स्वामित्व निजी–सरकारी र फेरी सरकारी–निजी हुनपुगेको देखिएको छ । अहिले उक्त जग्गा सरकारी कि निजी भन्ने विवाद देखिएको छ ।’ नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना कार्यालयका नापी अधिकृत अन्जनी जोशीले रातोपाटीसँग भने, ‘अहिले सोही विवादका कारण आयोजनाले जग्गा पाउन सकेको छैन । जग्गा कसको हो ? र कसरी यसो हुन पुग्यो अहिले अख्तियारले छानविन गर्दैछ । त्यसपछि टुंगो लाग्ला ।’

विवादको जरोहाल विवादित सरकारी जग्गा भनिएको नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत पर्ने ४–५ रोपनी जग्गा व्यक्ति व्यक्तिले भोगचलन गर्दै आइरहेका छन् । तर, उक्त जग्गाको केहीको जग्गा धनी प्रमाणपत्र (पुर्जा) भएको र केहीको नभएको पाइएको छ । प्रारम्भिक जग्गाको स्वामित्वको स्रेस्ता हेर्दा निजी–सरकारी–निजी को अवस्थामा देखिएको छ । पहिले निजी (व्यक्तिको) स्वामित्वमा रहेको र पछि सरकारीमा गइ पुनः सरकारीबाट व्यक्तिको स्वामित्वमा गएको देखिन्छ । यस्तो कसरी हुन गयो अहिले सबै चकित छन् । नापी अधिकृत जोशी कै भनाइअनुसार पनि यो घटना अहिले निकै रहस्यमय बनेको छ ।

त्यसो त यो जग्गा अहिले आयोजनाले अधिग्रहण गर्नु पर्ने अवस्था आएपछि मात्र यस्तो घटनाको रहस्योत्घाटन भएको हो । आयोजनाका लागि अधिग्रहण र मुआब्जाको विषय आएपछि विवादमा तानिएको उक्त जग्गाको स्वामित्वको अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेको हो ।

‘यस्तो कसरी हुन हामी पनि अचम्ममा छौ । यो अनुसन्धानकै विषय छ । यसमा अहिले हामी अनुसन्धान गर्दैछौं’ खख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले भने, ‘व्यक्तिको जग्गा कति सरकारीकरण भएको छ र कति सरकारी जग्गा व्यक्तिमा गएको छ सोको हामी अनुसन्धान गर्दै छौं । जहाँ जसको भएपनि सहि छानविन हुन्छ,’ प्रवक्ता अधिकारीले भने । हाल उक्त विवादित जग्गा अख्तियारले रोक्का गरेको छ । योसँगै विभागको निर्णय नआएसम्म आयोजनाले समेत उक्त जग्गा नपाउने भएको छ । यता काठमाडौंतर्फ समेत आयोजनामा विवाद आएको छ । व्यक्तिको घर परेको ठाउँमा मुआब्जाको विषयलाई नै लिएर स्थानीयवासीले विरोध जनाएका हुन् । आयोजनामा पर्ने घरको तोकिएको मूल्य भन्दा दोब्बर मुआब्जा माग गरेपछि समस्या आएको आयोजना प्रमुख शाक्यले जानकारी दिए ।

आयोजना निर्माण क्षेत्रमा परेका ११ वटा घरहरुमध्य अहिलेसम्म जम्मा ३ वटा मात्र घर भत्काइएको र बाँकी ८ वटा घर विवादकै कारण रोकिएको शाक्यको भनाइ छ । बाँकी सुरुङ मार्ग निर्माणको काम भने तिब्र रुपमा अघि बढेको शाक्यले जानकारी दिए । निर्धारित समयमै सक्ने गरी काममा तीब्रता कुल २२ अर्ब रुपैयाँमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

जापान सकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनी बीच गत नोबेम्बर १४, २०१९ मा निर्माण सम्झौता भएको थियो ।मुअब्जाको विवाद नरहेको स्थानमा हाल कम्पनीले सुरुङ निर्माणको कामलाई निकै तिव्रताका साथ अघि बढाइरहेको जनाएको छ । कुल २.६८८ किलोमिटर लम्बाई, ९.५ मिटर चौडाई र १८ मिटर उचाई रहने उक्त आयोजनाको जग्गा अधिकरण, मुआब्जा वितरण र सुरुङ निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकिएको जनाइएको छ । आयोजना निर्माणको आवश्यक पूर्व तयारी कम्पनीले पुरा गरिसकेको र अब छिट्टै सुरुङको होल खोप्ने तयारीमा रहेको आयोजना प्रमुख शाक्यले जनकारी दिए ।

‘कम्पनीले सुरुङ बाहिरका सम्पूर्ण पूर्व तयारीका कामहरु पुरा गरिसकेको छ । अब सुरुङको काम अघि बढाउन मात्र बाँकी हो । सम्भवत अबको केही दिन भित्रनै सुरुङको होल खोप्ने काम शुरु हुन्छ,’ आयोजना प्रमुख शाक्यले भने ।त्यसो त निर्माण सुरू भएको ४२ महिना भित्र सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई सुरुङ हस्तान्तरण गर्नु पर्ने सहमति भएको छ । कोभिड–१९ मा आयोजनाले केही समस्या भोग्नु परेपनि सो समयमा समेत काम नरोकिएकाले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा अयोजना आशावादी छ ।

हाल आयोजनामा ३ सय बढी जनशक्तिले काम गरिरहेका छन् । सु्रुङमार्ग निर्माण सम्झौता अनुसार सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

नेपालकै पहिलो सो सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाई छोटिने छ भने सोबाट झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]