१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर ०८, २०७७

सप्तरी – पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुत पनि कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषधी दैनिकजसो भित्र्याउने गरेका छन् ।

अनेकबहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर छ । खोलामा नुहाउने, गाईवस्तु चराउने जस्तामा बहानामा मेची नदी पार गर्दै कारोबारीले लागुऔषध भित्र्याउने गरेको प्रहरीले जनाएको छ ।‘लकडाउन सकियो । सीमावर्ती बजारमा चहलपहल सुरु भएसँगै कारोबारीको पनि सक्रियता बढेको देखिन्छ’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले भने, ‘विभिन्न बहानामा मेची नदीसम्म जानेर लागुऔषध ल्याउने रहेछन् । नुहाउने बहानामा खोलामा जाने र प्रहरीको आँखा छलेर लागुऔषध ल्याउने गरेको पाइयो ।’

नाकामा लागुऔषध कारोबार बढेपछि प्रहरीले ‘सर्च एण्ड सिजर’ अप्रेसन चलाएको छ । प्रयोगकर्तालाई मात्र पक्राउ गर्दा नियन्त्रण सम्भव नभएको निष्कर्ष निकाल्दै प्रहरीले कारोबारीलाई नै पक्राउ गर्ने उद्देश्यले अभियान चलाएको डीएसपी पोखरेलले जानकारी दिए । ‘एकदम धेरै मौलायो । प्रयोगकर्तालाई मात्र पक्राउ गरेर केही हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’, उनले भने, ‘अब कारोबारीलाई नै पक्राउ गर्नुपर्छ भन्ने उद्देश्यले सर्च एण्ड सिजर अप्रेसन चलाएका हौँ ।’

सोही क्रममा आइतबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले २८ ग्राम ब्राउन सुगरसहित लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । घरमै कारोबार चलाउँदै आएका मेचीनगर–७ का २९ वर्षीय सीताराम आङदेम्बे र उनकी श्रीमती २२ वर्षीय मनिषा मगर आङ्देम्बेलाई पक्राउ गरेको छ । उनीहरूले लागुऔषधको ‘डिलर’ चलाएको प्रहरीको आरोप छ । प्रहरीले उनीहरूबाट १३ ग्राम ब्राउन सुगर र आगुऔषध बिक्री गरेर जम्मा गरेको एक लाख ३३ हजार नगद बरामद गरेको डीएसपी पोखरेलले जानकारी दिए । यस्तै, उनीहरूसँग लागुऔषध खरिद गर्न आएका धरान–५ का २४ वर्षीय कल्याण राई र धरा– १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई पक्राउ गरेको हो ।

कल्याणको साथबाट ५ र रिजनको साथबाट १० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध ओसारपसारमा उनीहरूको प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय पूर्वीनाकाबाट ब्राउन सुगर धेरै बरामद हुने गरेको पोखरेलले बताए । यो नाकामा लागुऔषध ओसारपसारमा झापासँगै मोरङ र सुनसरीका युवाहरू बढी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]