२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

भक्तपुर – महानगरीय प्रहरी वृत्त जगातीले मोटरसाइकल चोरीमा संलग्‍न ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–७ घरभई भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तमाङ, दोलखा शैलुङ गाउँपालिका–२ भुसाफेदा घरभई सुर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाईबा, भक्तपुर–८ लिवाली का १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु र २० वर्षीय साईन भन्ने रमेश कोजु छन् ।जेठ ३० मा भक्तपुर नगरपालिका–१० कमलविनायकबाट लक्ष्मणबहादुर बिकको डेराबाट भे ७ प ४४१३ नम्बरको मोटरसाइकल हराएको वृत्त जगातीमा निवेदन परेको थियो । उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा शनिबार वृत्तका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको नेतृत्व टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा भक्तपुर–८ लिवालीबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो । चोरी गर्ने कसुरदार ४ जना व्यक्तिहरुलाई चोरी भएको भे ७ प ४४१३ (परिवर्तित नम्बर बा ७१ प ४७०३) मोटरसाइकल सहित नियन्त्रण लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीले बताए ।

प्रहरीले चोरीको मोटरसाइकल खरिद गर्ने २ जनालाई समेत पक्राउ गरेको छ । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकालाई अनुसन्धान गर्ने क्रममा किर्तिपुर नगरपालिका–१५ का रबीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर चोरी गरेर बेचेको खुल्न आएको थियो । उक्त स्कुटर खरिद गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई सुर्यविनायक नगरपालिका–१० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङ लमही घरभई सोही स्थान बस्ने २२ वर्षीय आकाश मगरलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]