तेह्रथुमबाट प्रहरीले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।
तेह्रथुम लालीगुराँस नगरपालिका-१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ छन्।शुक्रबार दिउसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ।