झापाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले काजीलाई पक्राउ गरे पनि ओम भने फरार छन् । प्रहरीले ओमको खोजि कार्य भईरहेको जनाएको छ ।