
सप्तरी – सप्तरीको महदेवा गाउपालिका वडा न.४ डाढामा अापकाे बिषयमा झे झगडा हुदा श्रीमान श्रीमती सख्त घाइते भएको छ ।

स्थानीय बिनाेद खङ्ग ,भाेगि लाल कामेत तथा सुरजा भनिने सुरज कामेतले अापकाे बिषयलाई लिएर साेहि ठाउका ३५ बर्षिय महेन्द्र खङ्ग र उनकि ३० बर्षिया श्रीमती रन्जु देवि खङ्ग गम्भीर घाइते भएका हुन । तीन दिन अगाडि स्थानीय सन्जय तिवारिकाे बगेचाबाट अाप टिपि घर तर्फ अाउदे गरेकाे अवस्थामा अाफ्नाे बगेचाकाे अाप लिएर गएकाे भन्दै उनिहरुले बिना कारण पुरानाे राजनितिक रिसिभिका कारणले अाफुलाइ घरायसि हातहतियार सहित लाठि फाटा समेत अाफ्नाे घरमा अाएर अाफुमाथि निर्मम तरिकाले मरनासन्न हुने गरि कुटपिट गरिएको पिडितले बताएका छन । कुटपिटबाट गम्भीर घाइते दुवै जनाकाे हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट श्रीमान श्रीमती दुवै जनाकाे टाउकोमा गम्भीर चाेट लाेगेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता उनिहरुले कुटपिट गर्नुकासाथे अाफ्नाे नाेकियाकाे माेबाइल १ थान ,हातकाे ब्रासलेट चादिकाे ५ ताेला ,गर्दनकाे ५ ताेलाकाे चादिकाे सिकडि तथा श्रीमतीकाे सुन ४ अानाकाे मङगल सुत्र समेत खाेसिएकाे पिडितहरुले बताएका छन ।
यसेबिच पिडितहरुले अाफु दलित भएको भन्दै बिना कारण स्थानीय राजनितिक रिसिभिका कारणले अाफुलाइ कुटपिट गरेकाे भन्दै न्यायकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरि समेत दिएका छन । यता अाफु दलित भएको भन्दै पटक पटक उनिहरुले हेप्दे अाएकाे भन्दै अाफुहरुमाथि कुटपिट गर्नेमाथि अावश्यक कानुनी कार्बाहि गर्नुका साथे दाेषिमाथि कडा कानुनी कार्बाहि र उचित क्षतिपूर्ति पाउनुपर्ने माग पिडितहरुले स्थानीय प्रहरी प्रशासन तथा नेपाल सरकारसग माग गरेका छन ।