२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ १०, २०७८

गोरखा – गोरखाकी एक महिलाले दलित कर्मचारीलाई गोठभित्र पस्न पनि प्रतिबन्ध लगाएकी छन् । भीमसेन थापा गाउँपालिका– ८ की मीरा पौडेलले पशुमा पूर्ण खोप कार्यक्रममा खटिएका दुई जना दलित कर्मचारी प्रीति गैरे र विशाल सिर्मललाई गोठभित्र पसेर गाईगोरुलाई छुन नदिएकी हुन् ।

हाम्रा गाईगोरुलाई नछो भन्दै दुर्व्यवहार गरेको पीडितको गुनासो छ । उनीहरू भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका करारका कर्मचारी हुन् । पशुमा पूर्ण खोप कार्यक्रममा खटिने क्रममा ती महिलाको गोठमा पुगेका थिए । ‘सुरुमा त हामीले गोठभित्रै बाँधेको ठाउँमा खोप लगाइदिने कि फुकाएर लगाउने भनेर सोधेका पनि थियौँ’, पीडितमध्यकी प्रीति गैरेले भनिन्, ‘उहाँले बाँधेकै ठाउँमा लगाइदेऊ भन्नुभयो । हामी गोठभित्र पस्यौँ तर उहाँ आएर तिमीहरू सार्कीका छोराछोरी किन मेरो गोठभित्र पसेको भन्दै कराउनु भयो । हामीसँगै रहेका श्रेष्ठ थरका अर्का कर्मचारीलाई चाहिँ केही भन्नु भएन ।’ कानुनले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कारबाहीको व्यवस्था गरे पनि व्यवहारमा पीडित पीडितै भइरहनु परेको उनको गुनासो छ ।पीडितले आफूहरूमाथि जातीय भेदभावको आधारमा अपमान गरेको भन्दै वडास्तरको मेलमिलाप केन्द्र र प्रहरी चौकी बोर्लाङमा उजुरी दिएका छन् । सो घटनाको बारेमा छलफल गरी मेलमिलाप गराएर पठाएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । ‘पीडक पक्षले मैले बिराएँ भनेर माफी माग्नु भयो । पीडितकी आमा आफैंमेलमिलाप केन्द्रको संयोजक हो । उहाँले माफी दिनुभयो अनि सबै जना फर्कनु भयो’, उनले भने ।

तर पीडित प्रीति र विशालले भने आफू र आफ्ना परिवारमाथि बारम्बार छुवाछूतको व्यवहार भइरहेको भन्दै मेलमिलापप्रति असहमति जनाएका छन् । ‘आमा त आफंै मेलमिलाप केन्द्रको संयोजक हुनुहुन्छ । उहाँले त मिल्नुपर्छ भन्नुहुन्छ’, प्रीतिले भनिन्, ‘तर केही समयअघि बिहेभोजमा उहाँ पनि अरूकै हारमा बसेर भोज खाएको भनेर गाउँलेले उहाँमाथि दुर्व्यवहार गरेका थिए । त्यतिबेला पनि माफी दिनुभयो । सधैं अन्याय गर्ने, माफी माग्ने गरेर हुन्छ ?’ घर परिवारका अन्य सदस्यसँग सल्लाह गरेर कारबाही प्रक्रियामा अघि बढ्ने र नबढ्ने निधो गर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]