२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आषाढ ०९, २०७८

सप्तरी–रुपनी राजविराज सडकखण्डको पुनर्निर्माण कार्यमा सडक डिभिजन कार्यालय लहानले चरम लापरबाहीका कारण वाडा अध्यक्ष काे नेतृत्वमा स्थानिय द्वारा ४ घण्टा चाक्का जाम गरेकाे छ ।

बर्षेनी सडक पुनर्निर्माणको नाममा सडक पेटिका माटो झिक्दा मूल सडकको कालोपत्रे भासिएर यातायातका साधनलाई आवतजावतमा सास्ती खेप्नु परेको हो ।

सडक पुनर्निर्माण गर्ने बहाना सडकको पेटिमा गहिरो खाल्डा खन्दा मूल सडकको कालोपत्रे भाँसिएको र दल दल अाएकाे स्थानीयले बताएका छन् । बर्षेनी सडक पेटी खन्ने र नयाँ ग्राईभेल हाल्ने गरिन्छ, एक स्थानीयबासीले भने, कसले ठेक्का लिएको हो र कहिलेसम्म काम सक्ने त्यो पनि कुनै अत्तोपत्तो छैन, सांकेतिक साईनबोर्ड पनि राखेको छैन । सडक पेटिमा खाल्डो खन्दा मूल सडकको कालोपत्रे भाँसिएकाले सवारी साधन आवतजावतमा समस्या हुने गरेको स्थानीयहरुले जनाएको छ ।

बन्दाबन्दीको समयमा सवारी साधन कमै आवतजावत गरेपनि दैनिक जसो खाल्डोमा परेर दुर्घटना हुन्छ, स्थानीय प्रत्येक्षदर्शीहरुले भने, निर्माण कम्पनीको लापरबाहीले सावारी चालक र यात्रुहरुले ठूलो सास्ती खेप्नु परेको छ । निर्माण कार्य द्रुतगतिमा सम्पन्न गरि सवारी आवतजावतमा सहजता ल्याउन र सडकलाई थप क्षति हुनबाट जोगाउन सरोकारवालाहरुको स्थानीयबासीले ध्यानाकर्षण गराएको छ ।

स्थानीयले राजबिराज–रुपनी सडकलाई सडक डिभिजन कार्यालय लहानले दुहुनो गाई बनाएको आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय लहानले निर्माण ब्यबसायीसँगको मिलोमतोमा बर्सेनी एउटै काम गरेर करोडौं अनियमितता गर्ने गरेको स्थानीयले आशंका गरेका छन् । सप्तरी सदरमुकाम जोड्ने मूल मार्गको रुपमा रहेको राजबिराज–रुपनी सडकको दुर्दशा हुँदा समेत सरोकारवाला निकायहरू भने मौन देखिएको छ ।

यता भन्ने बाटाे साङ्ग्राे र दल दल भएकै कारण बालुवा बाेकेकाे ना ३ ख ३४८० नम्वरकाे ट्रक पल्टिएकाे छ। ट्रक पल्टिदा चालक सहित सह चालक घाईते भएका छन्।रुपनी गाउँपालिका १ तेलिया पाेखरी नजिक उक्त घट्ना घटेकाे हाे।
वारमवार घट्ना दाेहरी रहदा पनि सम्वन्धित निकाय माैन रहेकाे कारण स्थानिय अान्दाेलनमा उत्रिएका थिए।उक्त क्रममा ४ घण्टा सड्क अवरुद्ध गरेका थिए।

जिल्ला प्रहरी कार्यलय ,ट्राफिक प्रहरी कार्यलय र ईलाका प्रहरी कार्यलय रुपनी काे टाेलिले २ दिन भित्र निर्मान काम सुरु गराउने प्रतिबद्धता दिलाए पश्चात खुलेकाे हाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]