सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि सप्तरीमा आज जिल्ला कमिटीको समायोजन भएको छ ।
आज उपलब्ध जिल्ला कमिटी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा राजविराजमा बसेको बैठकमा भएको समायोजनपछि उम्देश्वरप्रसाद साहको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय सदस्य महामायाप्रसाद सिंहले जानकारी दिए । कार्यसमितिको सहअध्यक्षमा विनोद पाण्डेलाई चयन गरिएको छ ।
बैठकले दुवै राप्रपाको समान ढङ्गले सम्मान हुने गरी समायोजन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय समिति सदस्यहरुसमेत रहेको जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । कार्यसम्पादन समितिले गरेको निर्णय नै जिल्ला समितिले लागू गर्ने निर्णय भएको अध्यक्ष साहले बताए ।
साबिकका दुवै पार्टीको कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको छ ।