२३ माघ २०८२, बिहिबार
wait Please...
काभ्रेकी बालिका भक्तपुरमा बलात्कार , एक पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका जयराम चौलागार्ईं ।

KChhaKhabar

सोमबार, आषाढ ०७, २०७८

भक्तपुर : काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएकी बालिकामाथि भक्तपुरमा बलात्कार भएको छ । १५ वर्षीया ती बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक युवकलाई नियन्त्रणमा समेत लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रे धुलिखेल नगरपालिका ८ नै बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई नियन्त्रणमा लिएको हो ।चौलागाईंलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।उनका अनुसार चौलागाईं बालिकाका छिमेकी हुन् । उनले बालिकालाई ललाईफकाई घुम्न जाऔं भनेर असार ५ गते घरबाट भक्तपुर लिएर आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । ‘चौलागाईंले सोही दिन भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाईफकाई डर धाँक धम्की दिइ जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन्’, उनले भने ।

प्रहरी नायब उपरीक्षक गिरीले बालिका हराएको भन्दै प्रहरीमा निवेदन परेपछि बलात्कारको घटना सार्वजनिक हुन आएको सुनाए । घटना विवरण अनुसार बालिकाकी आमाले असार ५ गते आफ्नी १५ वर्षीया छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ती बालिकालाई असार ६ गते काठमाडौं सुन्धारामा फेला पारेको थियो । फेला परेकी ती बालिकाले सोधपुछको क्रममा आफूलाई चौलागाईंले ललाईफकाई घुम्न जाउ असार ५ गते घरबाट भक्तपुर लिएर आएको बताएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

बालिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएपछि उनकी आमाले असार ६ गते नै महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दर्खास्त दिएकी थिइन् । सोही किटानी जाहेरी दर्खास्तको आधारमा भक्तपुर प्रहरीले कसुरदार चौलागाईंलाई पनि खोजतलास गर्दै जाँदा सोही दिन सुन्धाराबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]