३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ ०६, २०७८

मोरङ – लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् भने यसै गरी भारतीय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुर का २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजार लगायत विभिन्न कम्पनीको ६ थान मोवाइल फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ ।पक्राउ परेका मध्ये सुर्य राई सवारी चालक चालक रहेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]