सप्तरी – सप्तरीमा एक व्यक्तिको कुटपिट गरी हत्या गरेकाे अाराेपमा चार जना युवक पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सप्तरीको रुपनी गाउपालीका वडा न.५ का ३० वर्षीय बिनय कुमार यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव ३१ वर्षीय महेश कुमार पासवान सप्तरी जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हाे।उनीहरुलाई सप्तरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
गएको जेठ ६ गते दिउँसो सप्तरीकै रुपनी गाउँपालिका १ रायपुरबाट राजविराज तर्फ जाने सडक खण्डमा उनीहरुले खुकुरी लगायतको हतियार प्रयोग गरी सप्तरीको रुपनी गाउपालीका वडा न. ५ का ५० वर्षीय रामदल यादवलाई उनीहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटना पछी चारजनालाई घरमा सुती रहेको बेला पक्राउ परेका थिए ।
एता भने स्थानीय बासीले रजनीतिक करन भएको हुन सक्ने समेत सामाजिक सन्जाल मार्फत जान्कारी गराई राखेका थीए । स्थानीय बासी ले बताउछन् कि अझ यो घत्ना लाई ससक्त रुपमा छानबिन हुनुपर्छ भन्नेमा जोर दीएका छन । तेसै गरि पक्राउ पर्नेहरुको आफत्ले यो घत्ना लाई बीसेश रुपमा छानबीन हुनुपर्ने भन्दै र य्थर्थ दोसीलाई कर्बाही हुनुपर्छ भन्ने बीचा बेक्त गरेक छन ।