२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

जनता समाजवादी पार्टी उदयपुरका जिल्ला सदस्य परशुराम चौधरी अवैध रूपमा राखेको हतियारसहित पक्राउ परेका छन्।

पेस्तोलसहित पक्राउ परेका उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए।सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखेर चन्दा आतंक मच्चाउँदै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी दाबी छ।

उनकी कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट पेस्तोल, गोली, चन्दा रसिदसहितका कागजात बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार कान्छी श्रीमतीको छोरी र सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बबि चौधरीबीचको प्रेम सम्बन्ध तोड्न छोरीको केटा साथीलाई फसाउने योजना उनले बनाएका थिए। बबी आएको मौकामा घरमा पेस्तोल राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी दाहालले बताए।

छोरी र केटाबीचको सम्बन्ध टुटाउन बबि आएको मौका छोपेर कान्छी श्रीमतीको घरमा गई झोलामा पेस्तोल राखेर उनले आफैं प्रहरी बोलाएका थिए। पेस्तोल बरामदपछि अनुसन्धानका लागि बबिसहित चौधरीकी कान्छी श्रीमती र छोरीलाई पनि जिल्ला प्रहरी कार्यालय बोलाइएपछि परशुरामको घटनामा संलग्नता पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]