२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

बेलौरीबाट भारत निकासी गर्न लागिएको ठूलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ। दुई वटा ट्याक्टरसहित २५ लाख ९० हजार रूपैयाँ बराबरको केराउ बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

बेलौरी नगरपालिका-२ स्थित भारतीय सीमा नजिकबाट प्रहरीले बिहीबार केराउ बरामद गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सु.प.प्र. ०१-००२ त ४७०९ र से१त ५४६५ नम्बरको टिपरबाट केराउ बरामद गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

ती ट्याक्टर बेवारिसे अवस्थामा भेटिएका थिए। केराउ कसले निकासी गर्न लागेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]