१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

सप्तरी – जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुह केन्द्रमा ओलीको चर्को विरोध गरेपनि सिराहाको लाहान नगरपालिकामा ओलीमय भएका छन ।

जेठ ३० गते आईतवार गठन भएको चार दलिय गठबन्धन टुक्रिएको छ । नेपाली कांग्रेस, जसपा(यादव समुह), माओवादी केन्द्र तथा नेकपा एमाले (माधव समुह) ले समग्र रुपले बनाएको गठबन्धन भत्केको हो । लाहान नगरपालिकाद्वारा अषाढ ३ गते हुने भनिएको नगरसभामा एकजुट भई एजेन्डा प्रस्तुत गर्ने सहमति भङ्ग भएको छ । नगरपालिकामा बिकासको नाममा हुनेगरेको आर्थिक चलखेल, कर्मचारी भर्ना लगायतका मुद्दाको विषयमा दलिय गठबन्धनद्वारा विभिन्न पार्टीबाट प्रतिनिधि समेत छनौट गरिएको थियो ।

प्राप्त जानकारी अनुसार प्रतिनिधि छनौटमा नेपाली काङ्ग्रेस बाट अरुण के.सी, जसपा बाट विजय महतो, माओवादी केन्द्रबाट गणेश चौधरी, नेकपा एमाले(माधव समुह) बाट देवशरण पन्डितलगायतका नेताहरु रहेका थिए । त्यसैअनुरूप गठबन्धनलाई कृयाशिल गर्न दलिय संयन्त्र बनाईएको थियो जसमा नेपाली काङ्ग्रेसबाट सुनिल महतो, माओवादी केन्द्रबाट विजय गुप्ता, जसपा बाट दिनेश महतो र नेकपा एमाले (माधव समुह) बाट विनोद साहलगायतका नेताहरु रहेका थिए । सामुहिक सहमति पछि सम्पुर्ण दलिय प्रतिनिधिले राजदेवी माताको नामले सपथ खाएका थिए तर उक्त सपथलाई राजनैतिक ग्रहणले टुक्राटुक्रा पारिदिएको छ ।

जम्मा चार वडामा जितेका जसपा(यादव) समुहले उक्त सहमति तोडेको आरोप छ । नेपाली काङ्ग्रेसका नेता सुनिल महतोको अनुसार जनप्रतिनिधिको बहुमतिय कोरम पुर्याउन उक्त सहमति तोडिनुमा मेयर मुनी साहको तर्फबाट ठुलो आर्थिक चलखेल भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]