
दाङ – लकडाउनकाे समयमा अवैध सालकाे काठ ओसार पसारमा संलग्न व्यक्तिलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ।
गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट अवैध ४५.४९ क्यूफिट साल काठसहित चार जनालाई इलाका प्रहरी कार्यालय गढवाकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे।पक्राउ पर्नेमा गाडी चालक रोल्पा रुण्टिगढी गाउँपालिका-२ निवासी २१ वर्षका महेश पुन, साेही ठाउँका २८ वर्षीय बसन्त क्षेत्री, २२ वर्षीय बिनोद पुन र २८ वर्षीय सुशिल घर्तिमगर रहेका प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राजकुमार भट्टकाे नेतृत्वमा खटिएको १० जनाकाे विशेष टाेलीले काेइलावासबाट गढवा आउँदै गरेकाे भे १ च १८२१ नम्बरको बाेलेराे पिकअप भ्यानबाट २६ थान सालकाे काठसहित चार जनालाई नियन्त्रणमा लिएको हाे।
पक्राउ परेका चार जनलाई प्रहरीले थप अनुसन्धानकाे लागि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाएको छ।