२३ माघ २०८२, बिहिबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, आषाढ ०४, २०७८

सप्तरी – सप्तरीमा बालिकालाई सामूहिक बलात्कार गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीका तिलाठी कोईलाडी गाउँपालिका वडा न. ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।

उनलाई सप्तरी प्रहरीले गए राति उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।उहाका अनुसार ९ असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो ।

यता पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डीएसपी काफ्ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]