सप्तरी – नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत कोरोना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज, २ घर भएका गौरीशंकर देव रहेका छन् । ५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हुन् ।
दुई साताअघि कोरोना पोजेटिभ देखिएपछि उनको विराटनगरको नोबेल अस्पतालमा उपचार भइरेहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।