२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

कैलाली – आफ्नै १० वर्षीया छोरीलाई करणी गरी हत्या गरेको आरोपमा कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन्।

जेठ २७ गते भएको उक्त घटनामा प्रहरीले बालिकाका ६० वर्षीय बुवालाई पक्राउ गरेको हो।प्रहरीका अनुसार उनले छोरीलाई २७ गते दिउँसो भैंसी गोठमा लगेर जबरजस्ती करी गरेका थिए।पोल खुल्ने डरले उनलाई भैंसी गोठमै छोरीलाई झुण्ड्याएर हत्या गरेका थिए।

कैलाली प्रहरी प्रवक्ता प्रतिक विष्टका अनुसार बालिकाको हत्यापछि घरपरिवारले दाहसंस्कार गर्ने तयारी गरेका थिए।सो सूचनापछि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।लाशजाँच मुलुल्का र शवको पोष्टमार्टम गर्दा घटना शंकास्पद देखिएपछि बाबुलाई पक्राउ गरिएको विष्टले बताए।

बालिकाको शारीरिक परीक्षण गर्न सेती प्रादेशिक अस्पताल लगिएको थियो।बलात्कारपछि हत्या गरेको प्रमाण जुट्न थालेपछि बाबुलाई प्रहरीले जेठ ३० गते पक्राउ गरेको थियो।

‘घटना लुकाउन आत्महत्या गरेको जस्तो देखाउन खोजेको अनुसन्धानबाट खुल्न आएको छ,’ विष्टले भने, ‘ती बुवालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]