२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

बारामा प्रमुख प्रशासकीय अधिकृतलाई गोली हान्ने धम्की दिने एकजना पक्राउ परेका छन् । बाराका सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई चन्दा माग्दै नदिए गोली हानिदिने धम्की दिएका सोही गाउँपालिका कार्यालयमा करारमा रहेका कार्यालय सहयोगी मुकेश प्रसाद यादव पक्राउ परेका हुन् ।

कार्यालय सहयोगी यादवले अधिकृत श्रीवास्तवलाई फोनबाट १५ लाख रूपैयाँ एक घण्टाभित्र नदिए ज्यान मार्ने धम्की दिएका थिए । सोहि आरोपमा उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । प्रवक्ता मिश्रका अनुसार फिरौती माग गरेको अडियो सहितको सूचना प्राप्त हुनासाथ तत्काल अनुसन्धान टोली गठन गरी सेवा प्रदायक कम्पनी समेतसँग प्राविधिक सहयोग लिएर अनुसन्धान गर्दा यादव दोषी भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

यादवलाई सप्रमाण पक्राउ गरी नियन्त्रणमा राखेर आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]