२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – काठमाडौं उपत्यकामा कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव आएको छ ।

महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएका हुन् । काठमाडौं उपत्यकामा मात्रै एक लाखभन्दा बढी कोरोना संक्रमितहरु छन् । शनिबारसम्म मुलुकभर संक्रमितको संख्या दुई लाख १८ हजार छ सय ३९ रहेको छ भने मृतकको संख्या एक हजार तीन सय पाँच जना पुगेको छ ।

कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक भएको फोरम प्रवक्ताले बताएका छन् । तर फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाएपनि यस सम्बन्धमा अन्तिम निर्णय भने सरकारले नै गर्नुपर्ने हुन्छ ।

हालै मात्रअमेरिकाको क्यालिफोर्नियामा पनि रात्रिकालीन कर्फ्युको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा पनि निकै बढेको कारण रात्रिकालीन कर्फ्यु लगाईएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]