२५ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ३१, २०७८

इलाम – लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो। उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाएर ल्याएको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटरसाइकलसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका ८ बस्ने वर्ष–२८ महेश थापा, सोही स्थान बस्ने वर्ष–३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ को रुपेशकुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ को सुदीप कुमार दनुवार रहेका छन्। पक्राउ परेका ४ जना, मोटरसाइकल र बरामद भएको लागू औषधसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर अनुसन्धान भई रहेको छ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]