३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विभिन्न दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। प्युठानमा भिरबाट खसेर एक युवकको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे ३ बजेतिर प्युठान नगरपालिका ४ रप्तेपोखरी भन्ने स्थानमा वडा नं. २ क्वाडी निवासी २० वर्षीय राहुल घर्तीको भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।वडा नं. ४ को झुलेनीबाट घरतर्फ फर्कने क्रममा भीरबाट एक्कासि १५० मिटर तल खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, शनिबार नवलपरासीमा ट्याक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। सुनवल नगरपालिका-७ अस्नैयास्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु३त ६०३९ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँका ७ वर्षीय दिपेशबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरबाट खसेका खत्री घाइते भएका थिए। उनको उपचारको क्रममा भैरहवा मेडिकल कलेज रुपन्देहीमा दिउँसो करिब साढे २ बजे मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै, शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ रामनगर (सिसै घारी) स्थित मणिग्राम देवदह सडक खण्डमा रहेको कल्भटबाट खस्दा सोही ठाउँ कालिका स्थान बस्ने करिब ६९ वर्षीय अमरबहादुर सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। सापकोटा कल्भटबाट करिब ८ मिटर तल खसेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]