२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

सप्तरी – सप्तरीमा लुटपाट गरी एक दम्पतिको हत्या गरेर फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१ का ३४ वर्षीय बब्लु मण्डल रहेका छन् ।

मण्डलले २०७१ साल जेठ २१ गते राति तत्कालिन हनुमाननगर गाविस–५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उहाँकी पत्नी ५२ वर्षीया सरोज बेगवानीको पसलमा लुटपाट गरेर हत्या गरेका थिए । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मण्डललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।उहाँका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने नगद र सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो ।

यसेबिच घटनाको अनुसन्धानको क्रममा सो बेला प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थियो भने अन्य दुई जना फरार थिए ।यता पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]