३० माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ३०, २०७८

डोटी – उमेर नपुगेका एक जोडी किशोर किशोरीले गरेको बाल विवाह बदर भएको छ।

डोटीको सायल गाउँपालिकाका २१ वर्षीय युवक र दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी किशोरीबीच भएको बालविवाह बदर भएको हो।स्थानीय बाल क्लव र प्रहरीको सक्रियतामा बाल बिवाह बदर भएको जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए।‘दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले १७ वर्षकी किशोरीको विवाह रद्द गरिपाऊँ भन्दै हामीलाई उजुरी गर्यो,’ मल्लले भने, ‘जिल्ला प्रहरी कार्यालयले छानबिन गर्दा उक्त विवाह उमेर नपुगी भएको देखिएपछि अदालतले बदर गरेको हो।’

विवाह बदर भएपछि किशोरीलाई अभिभावकले जिल्ला लगाइएको छ। किशोरीलाई आफ्ना बुवाआमाले आफ्नो घर लगेका नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिए।नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज गरेको छ। ‘बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारबाही हुन्छ,’ डिएसपी मल्लले भने।सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन डोटीमा अझै कायमै छ। जसको कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताए।पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा पुग्न सकेको छैन।

बालविवाह गर्नेलाई कानूनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]