१६ चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर ०७, २०७७

सप्तरी – अमेरिका-चीनबीच जारी व्यापारिक तनावबीच तिब्बतको निवार्सित सरकारका प्रमुख लोबसाङ साङ्गेले ह्वाइट हाउसको भ्रमण गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार साङ्गेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका हुन् ।तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले गरेको पछिल्लो ६ दशकमा यो पहिलो अमेरिकाको आधिकारिक भ्रमण हो । समाचारमा उल्लेख गरिएअनुसार यो कदमले आगामी दिनमा अमेरिका-चीन सम्बन्ध थप तनावपूर्ण बन्न सक्छ ।

जानकारहरुका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सीटीए)का लागि यो ऐतिहासिक कदम हो । यसले सीटीएको प्रजातान्त्रिक व्यवस्था र यसको राजनीतिक प्रमुख दुवैले मान्यता पाउनेछन् ।

सीटीएको मुख्यालय भारतको हिमाचल प्रदेशको धर्मशालामा छ । सीटीएका प्रवक्ताले भने, ‘हामीलाई दुई लोकतन्त्रले अर्कालाई मान्यता दिएकोमा खुसी लागेको छ ।’ आगामी दिनमा सीटीएले अमेरिकासँग सहकार्य गरेर अघि बढ्ने उनको विश्वास छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]