२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

महोत्तरीमा घरको कुलदेवताबारे विवाद हुँदा एक व्यक्तिले भाइको हत्या गरेका छन्।

स्थानीयका अनुसार जिल्लाको लोहारपट्टी गाउँपालिका–७, भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहको कुटपिटबाट उनका कान्छो भाइ ४५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको हो।स्थानीय शंकर साहका अनुसार साहका दाजुभाइ धेरै पहिला भिन्न भइसकेका थिए। तर कुलदेवता भाइ लक्ष्मणको घरमा थियो। त्यो ल्याउने विषयमा यही जेठ २६ गते सुरुमा महिलाबीच विवाद भयो। त्यसपछि दाजुभाइबीच झगडा हुँदा रामचन्द्रको परिवारै मिलेर लक्ष्मणलाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन्।

गम्भीर घाइते लक्ष्मणलाई जनकपुरका कुनै अस्पतालले भर्ना लिन नमानेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।तर उपचारका क्रममा उनको मृत्यु भएको हो। परिवारजन लक्ष्मणको शव लिएर शुक्रबार राति घर फर्केका छन्। कुटपिट गर्ने रामचन्द्र साहसहित उनको परिवारका सबै सदस्य फरार भएका छन्।स्थानीयले दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन्। यसैबीच भ्रमरपुरा प्रहरी चौकीको प्रहरी टोलीले साहको घर पुगेर अनुसन्धान थालेको छ।

कुटपिटबाट मृत्युु भएका लक्ष्मणको काठमाडौंमै पोस्टमार्टम भएको र कुटपिटमा संलग्नहरूको खोजी भइरहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले नेपालखबरलाई बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]