२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ २८, २०७८

सप्तरी – मोरङको बेलबारी नगरपालिका र सुनवर्षी गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–९ घर भएका चेवन कुमार धमला, खेम भट्टराई उर्फ विशाल र सुनवर्षी–८ घर भएका ६० वर्षीय अब्बास मियाँ छन् । बिहिबार बेलबारी–१० स्थित भाउन्ने जंगलमा धमला र भट्टराई सवार प्रदेश–१–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकलले ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना पनि घाइते भए ।नोवेल सामुदायिक अस्पतालमा उपचारका क्रममा प्रहरीले चेकजाँच गर्दा धमला र भट्टराईको साथमा ८ सय ९२ वटा नाइट्रोजन चक्की र १३ दशमलव ८६० ग्राम चरेस फेला परेको थियो । सो सामग्री अब्बास मियाँबाट खरिद गरेको बयानका आधारमा प्रहरीले मियाँलाई घरबाट पक्राउ गरेको हो ।

मियाँको घरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, नाइट्रोभेट चक्की ६ सय ट्याब्लेट र दुई बोतल लाइलेक्स डिसी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]