२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ कै २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् ।गत आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको पाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उद्देश्यले यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याका अभियुक्तहरूलाई जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता चन्दले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]