प्रहरीले मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा केराबारी गाउँपालिका-९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन्।प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ।इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार लिम्बुले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ।
यस्तै, बेलबारीका पदम लिम्बुको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको खनालले बताए। दुबैलाई हिरासतमा राखी हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको खनालले बताए।