२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

रौतहटको गरुडा बजारका प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा डिएसपीसहित ६ जना प्रहरी घाइते भएका छन्।

कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको रौतहटको गरुडा पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिबिक्रम शाहले बताएका छन्।गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेको थियो। प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गरिएको एसपी शाहको भनाइ छ।

प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ। अहिले रौतहटको गरुडा बजारमा दर्जनौ प्रहरी परिचालन गरिएको निषेधाज्ञा रहेकाले कसैलाई पनि बाहिर ननिस्कन प्रहरीले माइकिङ गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]