२२ मंसिर २०८२, आइतबार
wait Please...

शुभ नारायण यादव

शुक्रबार, जेठ २१, २०७८

सप्तरी – बालिका अपहरणको आरोपमा सप्तरी प्रहरीले सप्तरीको रुपनिबाट एक जनालाई पक्राउ गरेका छन।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ बस्ने सनोज देवका १४ वर्षिया छोरीलाई मोटरसाईकलको पछाडि बसाएर लग्दै गर्दा त्यहीका ३७ वर्षिय नवीन देवलाई मोटरसाइकल र बालिका सहित प्रहरीले विहिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपि राजेन्द्र धमलाले बताउनु भयो ।
छोरीलाई जबर्जस्ती घरबाटै ललाईफकाई अपहरण गरी नविनले लगेको थाहा पाउने वितिकै प्रहरीलाई खबर गरेको बालिकाको परिवारले बताउनु भयो ।
आरोपी नवीन देवले हत्या,कुटपिट, लुटपिट,लागू औषध ओसारपसार , अपहरण लगायतका आपराधिक घटनामा समाजमा गर्दै , गराउदै आएको स्थानीयहरु बताउँछन् ।

प्रहरी र कानुनको उदासिनताले कति पटक हत्या जस्तो संगिन आरोपमा पक्राउ परेका नवीनलाई अदालतले दोषी ठहर गरेर पनि रकमकै चलखेलका कारण छुट्दै आएको वडा अध्यक्ष अरुणयादवले बताउनु भयो । यस घटनाको तहसम्म बुझेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख धमलाले बताएका छन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]