२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – मेलम्ची नगरपालिकाले आफ्नै भवनबाट आफ्नो सेवा सुरु गरेको छ। पूर्वकानुनमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङले उद्घाटन गर्दै नगरपालिकाको मुख्य प्रशासनिक भवनबाट नगरपालिकाको काम सुरु भएको हो।

४ तलाको उक्त भवनको कुल ६ करोड ६ लाख ३९ हजार ३ सय ६४ रुपैयाँमा निर्माण सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथी तामाङ्ले सबै पालिकाहरुले तीव्र गतिमा काम गरिरहेको भन्दै अब त्यसको नतिजा आउने बेला भएको बताए। उनले अब समृद्ध नगरपालिका छिट्टै हुनेमा ढुक्क हुन नगरबासीलाई आग्रह गरे।

मेलम्ची अन्नको भण्डार भएकाले नगरलाई चाहिने तरकारी तथा कृषि बालिहरु आफ्नै ठाउँमा उब्जनी गर्न सक्नुपर्ने बताए। भवनसँगै सेवा सुविधा पनि सन्तोषजनक बनाउनुपर्ने भन्दै कर्मचारीहरूले आफ्नो कामको रफ्तारलाई बढाउनपर्ने बताए।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाको भवनमात्र नभई अब सबै वडाकार्यलयको भवन पनि क्रमशः उद्घाटन गर्दै जाने बताए।

यसअघि भाडामा बस्दै आएको नगरपालिकाले शनिबारबाट आफ्नै भवनबाट सेवा सुरू गरेको हो। अब एउटै भवनबाट सबै सेवासुविधा प्रदान गर्ने नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]