२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

दोहा – कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन नेपाली पक्राउ परेका छन् ।

कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो ।सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको कुवेत प्रहरीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

प्रहरीले बिशेष सुराकीको आधारमा अबैध तरिकाले घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण भैरहेको सूचना पाएपछि उक्त स्थानमा छापा मारेको थियो । जसमा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ परेको जनाएको छ ।पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ । यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन् ।

यस्तो क्रियाकलाप अधिकाम्स अबैधानिक तरिकाले बसेका नेपालीहरु बढी सग्लंग रहेको पाइछ । यसरी पक्राउ गरिएकाहरुलाई कुवेत सरकारले डिपोट गर्ने गरेको छ । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]