२६ बैशाख २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, मंसिर ०६, २०७७

सप्तरी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका व्यक्तिगत प्रवक्ताले जेठो छोरो डोनाल्ड ट्रम्प जुनियरलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । ‘कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सबै मापदण्ड तथा नियम पालना गरेका छन् ।’ ती प्रवक्ताले भने । सङ्क्रमण पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेको प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाबाट सङ्क्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्य समेत केही समय अघि कोरोनाबाट सङ्क्रमित भएका थिए ।

ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोय पनि सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । ट्रम्प जुनियर हालै दुई सय ५० भन्दा बढी अतिथि सहभागी भोजमा सहभागी भएका थिए । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सबले मास्क लगाएका थिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]