२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

कैलाली – मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना बिहीबार पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालीका–१७ बस्ने २१ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत जेठ ९ गते राति चोरी भएको उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपलिका–७ देबरीयास्थित जंगलमा मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरु माथि चोरी शीर्षक मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]