२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

भेरी अस्पताल नेपालगञ्जमा बिहीबार राति पाँचाै पटक डाक्टर र नर्समाथि आक्रमण भयो । पछिल्लो यो घटनामा मृतकका आफन्तले नर्सको घाँटी थिचे । लखेटी लेखटी आक्रमण गरे । एकजना डाक्टर र चार जना नर्स झ्यालबाट हाम फालेर बाँचे ।

घटनाले ठूलो रूप लियो । डाक्टर र नर्स आन्दोलनमा उत्रिए । घटनामा संलग्न मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । आक्रमणकारीलाई कारबाहीको ग्यारेन्टी खोजेका डाक्टर र नर्स आन्दोलनलाई रोकेर काममा फर्किएका छन् ।भेरीमा यसअघि पनि डाक्टर र नर्समाथि बिरामीका आफन्तले हातपात गरेका थिए । डा. अनिल महर्जन भन्नुहुन्छ, ‘कोभिड वार्डमा थर्काउने, नानाथरी गाली गर्ने र स्वास्थ्यकर्मीलाई हातपात गर्ने कार्य भइरहेको छ । डाक्टर र नर्सले ज्यानको जोखिम मोलेर काम गर्नु परिरहेको छ ।’ उहाँका अनुसार, आइसोलेसनमा एकजना पीजी साङ्घातिक आक्रमणको डरले एक घण्टा शौचालयमा लुकेर बसे । अर्को घटनामा बिरामीको मृत्यु भएपछि आफन्तले पारामेडिक्सलाई छातीमा हाने । यो घटनामा मलाई हान्न आएका थिए । म अर्कोतिर भएकाले पारामेडिक्सलाई हानेर गए । यी आक्रमणकारीलाई १४ दिनपछि कारबाही गर्ने भनियो, त्यसै सेलायो ।

अस्पतालका नर्सिङ विभागका प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले डाक्टर र नर्समाथि हुने दुव्र्यवहार र हातपात सहँदा सहँदै अति भएपछि आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । ‘यो त पाँचौं पटक भइसक्यो । कति सहने ? यसपटक आक्रमणकारीलाई कारबाही नगरेसम्म हामी शान्त बस्दैनांै, श्रेष्ठले भन्नुभयो, डाक्टर र नर्सले अस्पतालमा ढुक्कसँग काम गर्ने वातावरण बनाउन जरुरी छ ।’भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउँछन् । बिरामीको चाप सधैं रहने गर्दछ । कुरुवाको पनि चाप रहने गर्दछ । बिरामीलाई तलमाथि हुनेबित्तिकै आफन्तले डाक्टर र नर्समाथि दुव्र्यवहार गर्छन् ।पटक–पटक डाक्टर र नर्समाथि आक्रमण भएपछि भेरी अस्पतालमा शनिबारदेखि २५ जना प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी अस्पतालमा परिचालन गरेको बताउनुभयो । प्रजिअ गेलालले भन्नुभयो– ‘२५ जना प्रहरीले तल ग्राउन्डदेखि आइसीयू बेडसम्मको सुरक्षा गर्ने व्यवस्था मिलाएका छौं ।’

अस्पतालमा हवल्दारको कमान्डमा सधैं प्रहरी रहने गर्दछ । सानो संख्यामा रहने भएकाले त्यसले अस्पतालको सुरक्षा गर्न सकिरहेको छैन । त्योसँगै सेक्युरिटी गार्ड पनि राखिएको छ । त्यो बाहिरी घेरामै रहन्छन् । बाँके प्रहरीले तत्कालका लागि २५ जना प्रहरी खटाएको छ । अस्पतालमा सधैं यत्तिको ठूलो फौज प्रहरीको आवश्यकता नभए पनि आधा दर्जन प्रहरी सधैं राख्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले सधैं २५ जना प्रहरी अस्पतालमा आवश्यकता नपर्ने भए पनि पछिसमेत अलिकति सुरक्षा बढाइने जानकारी दिनुभयो ।भेरीमा एक जना बिरामीको एक जना कुरुवामात्रै भित्र जान दिनेगरी पासको व्यवस्था गर्न थालिएको छ ।

धेरै जना कुरुवा भित्र जान दिँदा सधैं सुरक्षा चुनौती बढ्ने आँकलन गरिएको छ । कोभिडको कहरसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाउने रणनीति बनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]