३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसा सहन बाध्य भएकी छिन्। विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसामा परेकी हुन्।

गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसामा परेकी हुन्।युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन्।

आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन्। शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ।शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन्। शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताए।

‘जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो’, अर्का दलित अगुवा राजेश पासवानले भने।भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे। नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ। उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गरेका छन्।यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]