३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

सप्तरी – कोरोना भाइरसकाे सङ्क्रमण सुरु भएयता प्रदेश नं. २ का झन्डै तीन प्रतिशत नागरिककाे पीसीआर परीक्षण भएकाे छ ।

मुख्यमन्त्री लालबाबु राउतले बिहीवार (आज) कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी लिन बोलाउनुभएकाे सरोकारवालाहरूको बैठकमा प्रस्तुत गरिएको तथ्याङ्कमा झन्डै तीन प्रतिशत नागरिककाे पीसीआर परीक्षण भएकाे बताइएकाे हाे । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले प्रदेशमा ६० लाख हाराहारी जनसङ्ख्या रहेको बताउँदै त्यसकाे दुई दशमलव ९८ प्रतिशत अर्थात् एक लाख ७८ हजार ६ सय ३१ जनाकाे पीसीआर परीक्षण भएकाे जानकारी गराउनुभएको छ ।

उहाँले पीसीआर परीक्षण गरिएकामध्ये १७ दशमलव ४७ प्रतिशत अर्थात् ३१ हजार दुई सय २३ जना सङ्क्रमित देखिएकोमा अहिले ११ हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेको बताउनुभयाे । स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्याङ्कअनुसार अहिले अस्पतालमा सात सय ३४ जना उपचाररत छन् भने १० हजार ६ सय २५ जना होम आइसोलेशनमा छन् । कोरोना सङ्क्रमणका कारण प्रदेश २ मा अहिलेसम्म ६ सय तीन जनाको ज्यान गएकाे छ ।प्रदेशमा कोरोना महामारीको दोस्रो लहरको सङ्क्रमण दरसमेत अहिले घट्दो क्रममा रहेकाे बताइएकाे छ । २४ घण्टामा पाँच सय ६० सम्म पुगेको सङ्क्रमण सङ्ख्या बुधवार तीन सय ४४ मा झरेको निर्देशक झाले जानकारी गराउनुभयाे । तर त्याे दर फेरि बढ्न सक्ने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड सतर्कता अपाउन आवश्यक रहेको उहाँले बताउनुभयाे । बैठकमा उपस्थित अन्य सहभागीहरूले अहिले कोरोना सङ्क्रमण रोकथाम, उपचार र नियन्त्रणका विषयमा आ–आफनो निकायबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडीसहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]