०९ चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ १३, २०७८

काठमाडौं – भारतको पंजाब नेशनल बैंकबाट १४ हजार करोड रुपैयाँ घोटाला गरेर गायक भएका हीरा व्यापारी मेहुल चौकसी डोमिनिकामा समातिएका छन् ।

भारतबाट भागेर क्यारेबियन देश एन्टिगुआमा गएर बसेका मेहुल चोकसीलाई एन्टिगुआले भारतलाई सुम्पिन सक्ने खतरा बढेपछि उनी त्यहाँबाट पनि भागेका थिए । त्यहाँबाट भागेर समुद्रको बाटो क्युबा जान लागेका बेला उनलाई डोमिनिकाले समातेको हो ।चौकसी बीचमा समातिएसँगै उनलाई भारत ल्याउन सकिने सम्भावना बढेको भन्दै भारतीय अनुसन्धान एजेन्सी उत्साहित भएका छन् । मेहुलसँग एन्टिगुआको नागरिकता छ त्यसैले उनलाई त्यहाँबाट प्रत्यार्पण गरेर भारत ल्याउन कानुनी कठिनाइ भएको थियो । तर, उनी भाग्ने क्रममा डोमिनिकामा समातिएपछि उनलाई प्रत्यार्पण गर्न सजिलो हुन सक्छ किनकि उनीसँग डोमिनिकाको नागरिकता छैन र अन्तर्राष्ट्रिय कानुनअनुसार डोमिनिकाले उनलाई उनकै देशलाई प्रत्यार्पण गर्न सक्छ ।

मेहुलसँग भारतीय नागरिकता पनि भएको र उनी भारतमा अपराध गरेर फरार भएका कारण उनलाई भारतलाई प्रत्यार्पण गर्न सकिने सम्भावना छ । एन्टिगुआको सरकारले पनि डोमिनिका सरकारसँग उनलाई भारतलाई नै प्रत्यार्पण गरिदिन भनेको छ । इन्टरपोलको तर्फबाट पनि मेहुलविरुद्ध रेड कर्नर नोटिस जारी भएकोले डोमिनिका उनलाई भारतलाई सुम्पिन सक्छ । तर, यदि कुनै कानुनी समस्या भएमा डोमिनिकाले एन्टिगुआलाई नै सुम्पिन पनि सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]