२९ भाद्र २०८१, शनिबार
wait Please...

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

शुक्रबार, मंसिर ०५, २०७७

सप्तरी – झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ ।

प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो ।उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए । आयोगले देशभर १४ स्थानीय तहमा लालपुर्जा वितरणका लागि गत कात्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका ती स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आयोगले काम थालेको हो । सोहीबमोजिम कनकाई नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालीमसमेत दिइसकिएको छ ।

भूमिहीनलाई भूमि र आवासविहीनलाई आवास दिने नेकपा सरकारको घोषणानुरुप देशभर पहिलो चरणको काम थालिएको छ । झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू तथा आयोगका सदस्य गोपाल गुरागाईँ र प्रतिनिधि जगतबहादुर देउजाले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फाराम हस्तान्तरण गरेका छन् ।

आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गरेका सांसद् लिम्बूले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि आएको आवेदन फाराम नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । सांसद् लिम्बूका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धतानुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो ।उनले यही मङ्सिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र २०७८ असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद साँवाको भनाइ छ ।

साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर २०७८ मङ्सिरभित्र थप एक सय पालिकामा सोही कामको सम्झौता हुने जानकारी दिए । झापाका शिवसताक्षी र झापा गाउँपालिकासहित आठ पालिकामा लालपुर्जाको काम गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]