२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर ०५, २०७७

सप्तरी – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ। कास्की, पोखरा महानगरपालिका ९ का ६८ वर्षीय, २१ का ७५ वर्षीय,१७ का २९ वर्षीय र १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

६८ वर्षीय पुरुषलाई निमोनिया र मधुमेह भएको थियो। उनी प्रतिष्ठानमा हिजो भर्ना भएका थिए। उनको सोही राति ११ बजे मृत्यु भएको हो। ७५ वर्षीय पुरुषलाई निमोनिया भएको थियो। उनी पनि हिजो नै भर्ना भएका थिए र राति सवा ११ बजे मृत्यु भएको हो।

२९ वर्षीय पुरुषको आज मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो। उनलाई निमोनिया भएको थियो। त्यसैगरी अर्का ५५ वर्षीय पुरुषको आज बिहान सवा ४ बजे मृत्यु भएको हो। उनी किड्नी र मधुमेह जस्ता दीर्घ रोगी थिए।

यो सँगै कास्कीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]