
प्युठानमा आमासहित चार वर्षीय छोरा र आठ वर्षीया छोरी मृत अवस्थामा फेला परेका छन् । आमाको उमेर २७/२८ भएको बताइएको छ ।
नेउदा गाउँनजिकैको जंगलमा रुखमा झुन्डिएको अवस्थामा उनीहरू मृत फेला परेको लुम्बीनी प्रदेश प्रहरी कार्यालयका एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिए । उनले थप विवरण नआइसकेको र प्रहरी घटनास्थलमा पुगेको बताए ।
घटनाबारे आत्महत्या वा अरु केही अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।