२५ भाद्र २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १०, २०७८

इटलीमा आइतबार एक केबल कार दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाको समयमा केबलकारमा १५ जना यात्रु भएको बताइएको छ । यात्रुमध्ये २ जना बालबालिका थिए ।

१५ यात्रुमध्ये १४ जनाको मृत्यु भएको र बाँचेका एक बालक गम्भीर घाइते भएको छ । दुर्घटना रिसोर्टका लागि प्रसिद्ध सहर स्ट्रेसामा भएको हो । यो क्षेत्र लेक मेडियोर नजिकै पिडामोन्ट जिल्लामा पर्छ । दुर्घटनाको जाँचको आदेश दिइएको छ । प्रारम्भिक जाँचअनुसार दुर्घटनाको कारण प्राविधिक हुन सक्ने मानिएको छ । इटलीको यो क्षेत्रमा अल्पस पर्वत श्रृंखला पर्छ । यहाँ विश्वभरबाट ठूलो संख्यामा पर्यटक आउँछन् । उहाँ लेक मेगियोर पनि छ । दुई पहाडलाई जोड्ने गरी केबल कार संचालन गरिएको छ । केबल कारको दूरी ४ हजार ९ सय फिट छ । यो दूरी पार गर्न केबल कारमा २० मिनेट लाग्छ ।इमरजेन्सी सर्भिसको बयान अनुसार दुर्घटनाको कारण प्रस्ट भइसकेको छेन । यसका कैयौं पक्षबारे जाँच भइरहेको छ । बयानका अनुसार जुन समयमा केबल कार दुर्घटना भयो त्यतिबेला ल्याण्डिङ केबिन केवल १०० मिटर टाढा थियो । ९ जनाको मृत्यु घटनास्थलमै भएको थियो । बाँकीको पछि अस्पतालमा मृत्यु भयो । जीवित बाँचेका एक बालकको अवस्था गम्भीर भएको बताइएको छ ।

यस विषयमा प्रशासनको भूमिकामा पनि प्रश्न उठेको छ । यसअघि २०१४ मा यो केवल कारलाई मर्मत गर्नको लागि बन्द गरिएको थियो । त्यतिबेला पनि यसको सुरक्षाको विषयमा प्रश्न उठेको थियो । २ वर्षपछि २०१६ मा यसलाई फेरि सुचारु गरिएको थियो । तर, पछि यसको मर्मत नै गरिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]