२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर ०५, २०७७

सप्तरी – चन्द्रागिरी हिल्सले १८ लाख ४० हजार ९१० कित्ता प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्ने अन्तिम अनुमति प्रदान गरेको हो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा १८ करोड ४० लाख रुपैयाँको आइपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। १८ लाख ४० हजार कित्तामध्ये तीन लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित क्षेत्रका लागि बिक्री गर्नेछ। यो जम्मा शेयर पुँजीको २ प्रतिशत हो। प्रभावितलाई बिक्री गरेर बाँकी रहेको १३ लाख ३४ हजार ९१ कित्ता आम सर्वसाधारणका लागि बिक्री गर्ने कम्पनीले जनाएको छ। यो शेयर जम्मा शेयर पुँजीको १० प्रतिशत हुनेछ। कम्पनीले अहिले जम्मा पुँजीको १२ प्रतिशत प्राथमिक शेयर जारी गरेर बिक्री गर्नेछ।

संस्थापक शेयर पुँजी तर्फ ८८ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले ९ औ वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। चन्द्रागिरी हिल्स थानकोटबाट ७ किलोमिटर माथि रहेको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न यो आयोजना निर्माण गरिएको हो।

कम्पनीको प्रमुख शेयरधनीहरुमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ रहेका छन्। नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिए सँगै केहि दिन पछि सार्वजनिक आह्वान पत्र जारी गरेर सर्वसाधारणका लागि जारी गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]