२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

बिरगंज – बिरगंजमा प्रहरी र माछा व्यवासयी बीच झडप भएको छ । शुक्रबार साँझ बिरगंज महानगरपालिका १२ मुरली पोखरी नजिकै माछा प्यापरी र प्ररहीबिच भएको झडपमा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् ।

माछा बेचिरहेका व्यापारीलाई प्रहरीले धपाउन खोज्दा झडप भएको हो । झडपमा परेर एकजना प्रहरी र एकजना स्थानीय महिला गम्भीर घाइते भएका छन् ।प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न बिरगंजमा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा उलंघन गरी भीडभाड गरुी माछा बेचिरहेका व्यवसायीलाई त्यासो नगर्न भन्दा आक्रमण गरेको पर्सा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।उनका अनुसार व्यवसायीहरुलाई दिउँसोदेखि नै माछा व्यवासयीलाई पटक–पटक नबेच्न आग्रह गरिएको र भीडभाड कम नभएपछि माछा जफत गरेर ल्याउँन खोज्दा झडप भएको हो ।झडपमा स्थानीयहरुले एकजना प्रहरीलाई मोटरसाइकलबाट तानेर कुटपिट गरेको उनले जानकारी दिए ।स्थानीयहरुको कुटपिटबाट मोबाइल गस्ती टोलीका प्रहरी जवान ३४ वर्षीय अरविन्द्र कुशवाह गम्भीर रुपले घाइते भएको र अन्य घाइतेहरुलाई सामान्य चोटपटक मात्र लागेको उनले बताए ।

झडपमा परेर एक स्थानीय वृद्ध महिला पनि घाइते भएकी छन् । उनको मुखमा गम्भीर रुपले चोट लागेको छ । पहिचान खुल्न नसकेको महिलाको मुखमा ७ वटा टाँका लगेको छ । हाल उनी अस्पतालमा भर्ना छन् । प्रहरीले बाख्र चराइरहेकी महिलामाथि अचानक आक्रमण गरेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]